कार्यक्रम तालिका
अहिले प्रसारणमा
शुभविहानी
यस पछिको कार्यक्रम
प्रगतिशिल गितहरु
 
शुभविहानी 07:00 am-07:30 am
प्रगतिशिल गितहरु 07:30 am-08:00 am
विभिन्न लोकदोहोरी गितहरु 08:00 am-09:00 am
हाम्रो पहुँच हाल खवर 09:00 am-09:20 am
 
 
#
ब्यबसायीक केरा खेती तर्फ किसानको आकर्षण बढ्दो ।। »
ब्यबसायीक केरा खेती तर्फ किसानको आकर्षण बढ्दो ।।
दाङ, ३० असोज 
दाङमा पछिल्लो समय ब्यबसायीक केरा खेती तर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयले प्राबिधिक तथा पचास प्रतिशत छुटमा विरुवा उपलब्ध गराएपछि केरा खेती तर्फ किसानहरुको आकर्षण बढेको हो । ब्यवसायीक कृषि मार्फत किसानहरुलाई आत्मनिर्भर बनाउन केरा खेतीमा सहयोग गर्न लागिएको कृषि बिकास कार्यालयले जनाएको छ । जिल्ला बार्षिक करोडौंको केरा भित्रने भएकाले उहाँ उत्पादित केराले सजिलै बजार पाउने कृषि विकास कार्यालयले जनाएको छ । कृषि विकास कार्यालयले केरा खेतीका लागि सहयोग गर्न थालेपछि गंगापरस्पुर, गढवा, सोनपुर, पञ्चकुले, हलवार गा.वि.स. र तुलसीप्ुर तथा घोराही नगरपालीका विभिन्न स्थानमा ब्यबसायीक केरा खेती सुरु भएको छ । ब्यवसायीक केरा खेतीबाट आम्दानी राम्रो हुने भएपछि किसानहरुको यसतर्फ आकर्षण बढेको छ । अन्य खेतीलाई जस्तो केरा खेतीको लागि रासायनिक मल, सिचाँई र बढि जनशक्तिको आबस्यकता नपर्ने भएकाले पनि यो पेसामा किसानहरुको सख्या बढेको कृषि विकास कार्यालयले जनाएको छ । कृषि विकास कार्यालयले कैलाली टिकापुरबाट विलियम हाइब्रिड जातको केराका विरुवा ल्याएर किसानहरुलाई अनुदानमा उपलब्ध गराईएको छ ।।