कार्यक्रम तालिका
अहिले प्रसारणमा
MUSIC YOUR CHOICE
यस पछिको कार्यक्रम
राष्ट्रिय खबर
 
MUSIC YOUR CHOICE 11:00 am-12:00 pm
राष्ट्रिय खबर 12:00 pm-12:15 pm
तपाईंको भावना हाम्रो गीत 12:15 pm-1:00 pm
हिन्दी गित संगीत 1:10 pm-1:55 pm
 
 
#
मलेसिया पुगेर वेटर बने ‘तक्मे बुढा’, काम गरेको रेष्टुरेन्ट पुग्दा झर्‍यो आँशु(फोटो फिचरसहित) »

सन् २००९ मा कलाकार विल्सन विक्रम राई अर्थात ‘तक्मे बुढा’ सिने नगरीमा संघर्ष गर्दा गर्दै दिक्क भएर मलेसिया हानिएका थिए । मलेसियामा पुगेर उनले एक रेष्टुरेन्टमा वेटरको काम गरेका थिए । तर उक्त रेष्टुरेन्टमा काम गर्ने प्रेम दाज्यूको प्रेरणाले उनी नेपाल फर्किए र आज चर्चित कलाकार बनेका छन् ।तर उनै विल्सन ४ बर्ष पछि आफूले काम गरेको डाओराई कोरियन रेष्टुरेन्टमा पुगे । ४ बर्ष पछि उनी त्यहाँ पुग्दा उनको परिचय फेरिएको थियो । उनी चर्चित कलाकार ‘तक्मे बुढा’को नामले परिचित थिए । आफूले काम गरेको रेष्टुरेन्टमा पुगेका उनलाई त्यहाँका नेपालीहरुले हृदय देखि नै स्वागत गरे । आफूसँग काम गर्ने प्राय सबै साथीहरुले काम छोडिसकेका थिए । मलेसियामा आयोजना भएको एभरेष्ट कन्र्सटमा भाग लिने क्रममा त्यहाँ पुगेका ‘तक्मे बुढा’ आफूले काम गरेको रेष्टुरेन्टमा गएका हुन् ।

आफ्नो पुरानो दिन सम्झैदै जाँदा विल्सनको आखाबाट आँशु झर्‍यो । उनले ४ बर्ष अघि कोरियन रेष्टुरेन्टमा काम गर्दा आफूलाई धेरै गाह्रो भएको बताउँदै प्रेरणा दिने सबैलाई धन्यबाद दिएका थिए ।उनले आफूसँगै गएका अन्य कलाकारहरुलाई वेटर बनेर खानेकुरा वितरण पनि गरे । ‘म ४ बर्ष अघि यही पेशा गर्थे, आज फेरी त्यही दिनको यादा आयो’, रेष्टुरेन्टका कर्मचारीले लगाउने पहिरन लगाउँदै तक्मे बुढाले अनलाइनखबरलाई भने । कोरियन भाषा नजानेर पनि धेरै पटक गाह्रो भएको उनको तर्क थियो ।

 Adhikari purushottam  @ savar