कार्यक्रम तालिका
अहिले प्रसारणमा
MUSIC YOUR CHOICE
यस पछिको कार्यक्रम
राष्ट्रिय खबर
 
MUSIC YOUR CHOICE 11:00 am-12:00 pm
राष्ट्रिय खबर 12:00 pm-12:15 pm
तपाईंको भावना हाम्रो गीत 12:15 pm-1:00 pm
हिन्दी गित संगीत 1:10 pm-1:55 pm
 
 
#
कोरियामा समाजसेवीको सम्मान तथा विदार्इ (फोटोसहित) »

सउल । दक्षिण कोरियामा बसाई अवधिभरि सामाजिक कार्य गर्ने नेपालीहरूलाई एक कार्यक्रमवीच सम्मान तथा बिधाई गरिएको छ । रोजगारका लागि कोरिया आए पनि निरन्तर कोरियामा रहेका नेपाली समाजमा योगदान पुर्याएका झापाका राजकुमार बान्तवा, चितवनका हेमु घिमिरे र पाँचथरका सन्दिप नेपालीलाई यसरि सम्मान तथा बिधाई गरिएको हो ।1

 उक्त कार्यक्रममा कोरिया सन्देश क्लब तथा झापा मिलन समाजका अध्यक्ष मीन प्रकाश उप्रेती र डा. बिरेन्द्र तिवारीले संयुक्त रूपमा सम्मानित र बिधाई हुनेलाई दोसल्ला ओढाएका थिए । कोरियाको राजधानी सउलको शुभेक्क्षा रेष्टुरेण्टमा शनिवार कोरिया सन्देश क्लब , झापामिलन समाज तथा सुनाखरि साङ्गीतिक समूहको संयुक्त आयोजनामा ती सामाजिक ब्याक्तिहरुलाई सम्मान सहित बिधाई गरिएको थियो ।2

 सो सम्मान तथा बिधाई कार्यक्रममा डा. बिरेन्द्र तिवारी,डा.ह्रदयस प्रताप मल्ल , पत्रकार माहासंघ कोरिया शाखा सचिब बिषाल गहतराज, डा. रोष्नी मल्ल ,एन आर एन आई सि सि प्रतिनिधि के पि सिटैाला,एम टि यु का अध्यक्ष उदय राई ,तमुधि कोरियाका अध्यक्ष ईश्वर गुरूङ्ग , स्याङ्गजा परिवारका अध्यक्ष मिलन रानाले सम्मानित र बिधाई हुने ब्याक्तिहरुका कामको चर्चा गरेका थिए ।यसै गरी उक्त कार्यक्रममा उपस्थित हुनेहरु जनसम्पर्क समिति कोरियाका अध्यक्ष नव राज शिवाकोटि ,बाग्लुङ्ग समाजका अध्यक्ष तारा केसि, राप्ति समाजका अध्यक्ष सुक वाहादुर थापा , महिलाका लागि महिलाकी अध्यक्ष जुनु गुरुङ, यायोखा कोरियाका प्रतिनिधि लगाएत रहेका थिए ।3

 सम्मानित र बिधाई हुने राजकुमार बान्तवा झापामिलन समाजका सचिव हुन भने हेमु घिमिरे कोरिया सन्देश क्लबका सदस्य हुन । यसै गरी सन्दिप नेपाली सुनाखरि साङ्गीतिक समूहका सदस्य हुन । उनीहरू कोरियाको आफ्नो बसाई सकी यसैसाता नेपाल फर्कदै छन् । उक्त कार्यक्रममा सुनाखरि साङ्गीतिक समूहका गीत र नृत्यले उपस्थित सबैलाई भरपुर आन्नद दिलाएको थियो । झापामिलन समाजका उपाध्यक्ष तथा पत्रकार सन्तोष श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा कोरिया सन्देश क्लबका ब्यवस्थापक राजु थापाले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।