कार्यक्रम तालिका
अहिले प्रसारणमा
सिंगिङ्ग डट कम
यस पछिको कार्यक्रम
राष्ट्रिय खबरहरू
 
सिंगिङ्ग डट कम 2:00 pm-3:00 pm
राष्ट्रिय खबरहरू 3:00 pm-3:15 pm
खिचडी 3:15 pm-3:55 pm
न्यूज अपडेट 3:55 pm-4:00 pm
 
 
#
नेपालगञ्जमा कान अस्पताल निर्माण हुने »

 

२८ फागुन, नेपालगन्ज । स्थानीय फत्तेवाल आँखा अस्पतालको हातामा तीन करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न अत्याधुनिक कान अस्पताल निर्माण हुने भएको छ ।

earब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले निर्माण गर्ने कान अस्पताल लागि एक करोडको लागतमा जग्गा खरिद गरी भवन निर्माणको शिलान्याससमेत भइसकेको छ ।

ब्रिटेन-नेपाल अटोलोजी सर्भिस, युकेका संस्थापक निर्देशक डा नीलवेयर र बि्रनोज कान स्वास्थ्य सामुदायिक सेवाका अध्यक्ष विमलकुमार टण्डनले आइतबार सो अस्पतालको शिलान्यास गर्नुभयो ।

नेपालमा कान स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउनु भएका स्व लक्ष्मीनारायण श्रीवास्तव र स्थानीय फत्तेवाल आँखा अस्पतालको स्थापनामा विशेष भूमिका निर्वाह गर्नुभएका समाजसेवी स्व कृष्णगोपाल टण्डनको स्मृतिमा अस्पताल निर्माण गर्न लागिएको हो ।

आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने यसबाट नेपालका मात्र नभई छिमेकी राष्ट्र भारतका बिरामीसमेत लाभान्वित हुने विश्वास लिइएको छ । रासस