कार्यक्रम तालिका
अहिले प्रसारणमा
सिंगिङ्ग डट कम
यस पछिको कार्यक्रम
राष्ट्रिय खबरहरू
 
सिंगिङ्ग डट कम 2:00 pm-3:00 pm
राष्ट्रिय खबरहरू 3:00 pm-3:15 pm
खिचडी 3:15 pm-3:55 pm
न्यूज अपडेट 3:55 pm-4:00 pm
 
 
#
दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगिक कृषि मेला २०६९ घोराहीमा जारी »

 

दाङ, ४ फागुन
घोराहीमा जारी दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगिक कृषि मेला २०६९ मा नेपाल टेलीकम घोराहीले सहुलीयतमा करिब एक हजार ९ सय बढी सिम बितरण गरेको छ । फागुन २८ गते देखी सुरुभएको महोत्सवमा पाचौ दिन सम्म प्रति सिम १ सय रुपैयामा ५ दिन सम्म एक हजार ९ सय २७ वटा सहुलीयतको सिम बितरण गरिएको टेलीकमका बरिष्ठ सहायक शुरेश शर्माले जानकारी दिनुभएको छ । महोत्सवको पहिलो दिन २८ गते १ सय ६५, २९ गते ३ सय ७९, फागुन १ गते ३ सय ८४, २ गते ४ सय ८१ र ३ गते ५ सय १८ वटा सहुलियतको सिम बितरण गरिएको शर्माले जानकारी दिनुभयो । टेलीकमले महोत्सव अबधिभर करीब ५ हजार सहुलीयतको सिम बितरण गर्ने लक्ष्य लिएको छ । सिम बितरण सगै बिटिएस टावरहरु पनि निर्माणको कार्य जारी रहेको शर्माले जानकारी दिनुभएको छ ।