कार्यक्रम तालिका
अहिले प्रसारणमा
प्रगतिशिल गितहरु
यस पछिको कार्यक्रम
साझा नेपाल
 
प्रगतिशिल गितहरु 07:00 am-07:30 am
साझा नेपाल 07:30 am-08:00 am
विज्ञापन तथा सन्देशहरु 08:00 am-08:10 am
नेपाल चौतारी 08:00 am-09:00 am
 
 
#
लालबन्दीको हलमा राजेश »

 

 

सर्लाही, माघ ७ - शनिबारदेखि प्रदर्शनमा आएको फिल्म ‘रंग'को पहिलो शो अभिनेता राजेश हमालले लालबन्दीमा दर्शकसँग बसेर हेरे।

फिल्ममा राजेशको छोटो तर विशेष भूमिका छ। लामो समय राजेशका निजी सहयोगी रहेका रोशन हमालले फिल्मको निर्देशन गरेका हुन्। सर्लाहीको लालबन्दी आएका राजेशलाई स्वागत गर्न स्थानीयले कुनै कञ्जुस्याइँ देखाएनन्।


फिल्मको उक्त शोबाट संकलन गरिएको रकम द्वन्द्वपीडित बालबालिका अध्ययनरत विद्यालयलाई हस्तान्तरण गरिने छ। राजेशसँगै ‘रंग'का सुमन सिंह, मुकेश आचार्यजस्ता अरु कलाकार पनि लालबन्दीस्थित वीणा चलचित्र मन्दिर पुगेका थिए।