कार्यक्रम तालिका
अहिले प्रसारणमा
MUSIC YOUR CHOICE
यस पछिको कार्यक्रम
राष्ट्रिय खबर
 
MUSIC YOUR CHOICE 11:00 am-12:00 pm
राष्ट्रिय खबर 12:00 pm-12:15 pm
तपाईंको भावना हाम्रो गीत 12:15 pm-1:00 pm
हिन्दी गित संगीत 1:10 pm-1:55 pm
 
 
#
आकाश गंगामा एक खर्ब ग्रह »

 

पृथ्वी लगायत सौर्य मण्डलका ग्रह तथा उपग्रह समेत रहेको आकाशगंगा तारापुञ्जमा झण्डै १ खर्ब अरु ग्रहहरु रहेको कुरा पत्ता लागेको छ ।

पछिल्लोपटक गरिएको अध्ययनले आकाश गंगामा कम्तिमा पनि एक खर्ब ग्रह रहेको र ती मध्ये धेरैमा जिवनको सम्भावना रहेको निष्कर्ष निकालेको हो । शोधकर्ताहरुका अनुसार आकाश गंगामा रहेका हरेक ताराको कम्तिमा पनि एक ग्रह छ ।

अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका खगोलविद्हरुले गरेको अध्ययनले यस्तो देखाएको अमेरिकी अन्तरिक्ष संस्था नासाको भनाइ छ ।

खगोल विद्हरुले केपलर ३२ नामको ताराको कक्षमा रहेका ग्रहहरु र आकाश गंगाका ग्रहहरुको प्रतिनिधित्व गर्ने प्रणालीको तुलनात्मक अध्ययन गरी यस्तो निष्कर्ष निकालेको बताइएको छ ।

आकाश गंगामा यतिधेरै ग्रह हुनु निकै आश्चर्य लाग्दो विषय भएको भन्दै शोधकर्ता मध्यका एक खगोलविद जोन जोन्सनले ती मध्ये धेरैमा जिवको अस्तित्वको सम्भावना रहेकोले त्यसको खोज आवश्यक रहेको बताउँछन् ।