कार्यक्रम तालिका
अहिले प्रसारणमा
सिंगिङ्ग डट कम
यस पछिको कार्यक्रम
राष्ट्रिय खबरहरू
 
सिंगिङ्ग डट कम 2:00 pm-3:00 pm
राष्ट्रिय खबरहरू 3:00 pm-3:15 pm
खिचडी 3:15 pm-3:55 pm
न्यूज अपडेट 3:55 pm-4:00 pm
 
 
#
हाम्रो पहुँचका अध्यक्षद्धारा सहकारी विकास बोर्डको सदस्यमा पदभार ग्रहण »
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले सहकारी विकास बोर्डको कार्यकारी सदस्यमा पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्ड काठमाण्डौमा बिहिबार भएको कार्यक्रममा हाम्रो पहुँचका अध्यक्ष भण्डारीले पदभार ग्रहण गर्नुभएको हो । एक दशक बढि समय देखि सहकारी आन्दोलनमा सक्रिय तुलसीपुर ४ मोतीपुर निवासी भण्डारी राष्ट्रिय सहकारी अभियानको महासचिव र बहुउद्देश्यीय जिल्ला सहकारी संघ दाङको सचिव हुनुहुन्छ । सहकारी तथा गरिवि निवारण मन्त्रालयले उहाँलाई केही समय अघि सहकारी विकास बोर्डको सदस्यमा नियुक्त गरेको थियो । 
यसैबीच 
राष्ट्रिय सहकारी विकास कोर्डको सह–अध्यक्षमा बोम बहादुर खत्रीले पदभार ग्रहण गर्नुभएको छ । प्युठानका पूर्व जिल्ला सभापति समेत रहेका खत्रीले पनि आजै पदभार ग्रहण गर्नुभएको हो ।  मन्त्री परिषद बैठकले खत्रीलाई सह अध्यक्षमा नियुक्त गर्ने निर्णग गरेको थियो । यस्तै विकास बोर्डको सदस्यमा नियुक्त काठमाण्डौका शिवहरी खनालले पनि आजै पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण पछि सह अध्यक्ष खत्रीले सहकारी क्षेत्रको विकास सवालमा सबै सँग मिलेर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । विकास बोर्डका कर्मचारीहरुलाई सम्बोधन गर्दै उहाँले सकारी क्षेत्रको सकारात्मक विकासमा लाग्न दिर्नेशन दिनुभयो ।।