कार्यक्रम तालिका
अहिले प्रसारणमा
हाम्रो पहुँच हालखवर
यस पछिको कार्यक्रम
विज्ञापन र सुचना
 
हाम्रो पहुँच हालखवर 6:30 pm-7:00 pm
विज्ञापन र सुचना 7:00 pm-7:10 pm
जिवन डायरी 7:10 pm-7:30 pm
साझा खवर 7:30 pm-8:00 pm
 
 
#
‘गर्मीको औषधी, प्रेम विवश र सुवासको साथ’ »
सञ्चारकर्मी तथा गायक प्रेमविवस घर्तीले नयाँ लोकदोहोरी गीत ‘चर्को छ हेर घाम’ बजारमा ल्याउनु भएको छ । २०६२ सालमा रेडियो नेपालबाट लोक गीत विधामा स्वर परिक्षा उतिर्ण गर्नुभएका घर्तीले दर्जन बढी गीतमा स्वर दिनुभएको छ । घर्तीको यो १९ औं गीत हो । गर्मी बढेसँगै घर्तीले गर्मी सिजन सम्बन्धि नाचौ नाचौ लाग्ने रमाइलो झ्याउरे लोकदोहोरी गीत बजारमा ल्याउनु भएको छ ।
 
रेडियो हाम्रो पहुँच ८९ मेगाहर्जमा प्राविधिक प्रमुखमा कार्यरत घर्तीले पछिल्लो पटक आवाज दिएको यो गितमा शुवास घर्तीको शब्द र प्रेमविवस कै लय रहेको छ । यस गीतमा गायक घर्तीलाई चर्चीत गायिका टीका पुनले साथ दिनुभएको छ । गीतको निर्देशन शंकर विसीले गरेकाले पनि श्रोता तथा दर्शकको माझ निकै चर्चित छ । यो गितमा हेमन्त पाण्डे र लक्ष्मी बोहराले मोडलिङ गर्नुभएको छ । 
 
पछिल्लो समय लोक दोहोरी गीतहरुमा मौलिक बाजा र मौलिक पोशाक लोप हुँदै गएको अरोप लाग्दै आएको भएपनि घर्तीले भने गाउँ घर वनपाखा र गुन्यू चोली जस्ता मौलिक कुराहरुलाई समेटेर यस गीतलाई बजारमा ल्याएको दावी गर्नुभएको छ । 
दाङ तुलसीपुर घर भएका घर्तीले यस अघी चर्चीत लोकदोहोरी गीतहरु ‘फुर्काएको हो की बाई, कल गर है नमस्तेको सिममा’ , ‘चोली राम्रो पाल्पाको’ तिजको गीत झक्कास एल्वमको ‘रातो रातो साडीमा झनै राम्रो हाँसो, बर्ष दिनको तिजमा मैले गीत गाउँदा दामी दामी मैयाको झक्कास झक्कास नाचो’ लगाएतका गीत बजारमा ल्याइसक्नु भएको छ ।, 
 
गर्मी बढ्यो चर्को छ हेर घाम, चौतारीमा आउ बस माया लाम बोलको गो गित सुन्दा र यसको भिडियो हेर्दा दर्शक र श्रोतालाई शितलता महशुस हुने गायक घर्ती दावी गर्नुहुन्छ । मोफसल मै रहेर पनि राष्ट्रिय स्तरमै चर्चा कमाउन सफल घर्ती अहिले बिभिन्न मेला महोत्सवमा ब्यस्त देखिनु हुन्छ । घर्तीले गत वर्ष मात्रै नौ वटा गीतमा आवज दिनुभएको थियो । गायक घर्तीले ०७३ सालको तिज अगाडीनै दुईवटा गीत बजारमा ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो ।।