कार्यक्रम तालिका
अहिले प्रसारणमा
प्रगतिशिल गितहरु
यस पछिको कार्यक्रम
साझा नेपाल
 
प्रगतिशिल गितहरु 07:00 am-07:30 am
साझा नेपाल 07:30 am-08:00 am
विज्ञापन तथा सन्देशहरु 08:00 am-08:10 am
नेपाल चौतारी 08:00 am-09:00 am
 
 
#
पूर्व अर्थमन्त्रीद्धारा हाम्रो पहुँचको अवलोकन »
एकीकृत नेकपा माओवादीका सचिव एवं पूर्व अर्थमन्त्री बर्षमान पुन अनन्तले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अवलोकन गर्नुभएको छ । सचिव पुनले आज विहान हाम्रो पुहँच बहुउद्देश्यीय सहकारी संस्था र यसले सञ्चालन गरेका परियोजनाको अवलोकन गर्नुका साथै संस्थाको गतिबिधीका बारेमा जानकारी लिनुभएको हो । सचिव पुनले हाम्रो पहुँच माध्यमिक विद्यालय, रेडियो हाम्रो पुहँचको अवलोकन गर्नुका साथै संस्थाद्धारा सञ्चालित सहकारी पेट्रोलपम्प र बचत तथा ऋण परियोजनाको बारेमा जानकारी दिनुभएको छ । 
 
सचिव पुनलाई संस्था र यसले सञ्चालन गरेका परियोजनाका बारेमा अध्यक्ष शुक्रराज भण्डारीले जानकारी गराउनु भएको हो ।  संस्थाको अवलोकन पछि सचिव पुनले सहकारी संस्थाका माध्यमबाट रोजगारी सृजना गरी धेरैलाई रोजगार तथा स्वरोगजार बनाउन सफल भएको भन्दै हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था र सञ्चालकहरुको प्रसंसा गर्नुभएको थियो । 
 
सहकारीका माध्यमबाट न्युन आए भएकाहरुको जीवन स्तर माथि उकास्न सहज हुने भन्दै उहाँले सहकारी आन्दोलनमा दृढ भएर लाग्न आग्रह गर्नुभयो । पूर्व अर्थमन्त्री पुनले युवा स्वरोजगार कोषको रकम लिएर न्युन आए भएका सदस्यहरुलाई लगानी गरी उनीहरुको आर्थिक अवस्था सुधार गर्न सञ्चालकहरुलाई आग्रह गर्नुभएको थियो । संघका अध्यक्ष डिल्लि मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव पाण्डव शर्माले गर्नुभएको थियो ।।