कार्यक्रम तालिका
अहिले प्रसारणमा
शुभविहानी
यस पछिको कार्यक्रम
प्रगतिशिल गितहरु
 
शुभविहानी 07:00 am-07:30 am
प्रगतिशिल गितहरु 07:30 am-08:00 am
विभिन्न लोकदोहोरी गितहरु 08:00 am-09:00 am
हाम्रो पहुँच हाल खवर 09:00 am-09:20 am
 
 
#
नवलपरासीको भ्रमण टोलीद्धारा हाम्रो पहुँचको अवलोकन »
नवलपरासीको कावासोतीबाट आएका सहकारीकर्मीहरुले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाको अवलोकन गरेको छ । पौरखी बचत तथा क्रण सहकारी संस्था कावासोतीबाट आएका तीन दर्जन सहकारी कर्मीहरुले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाको अध्ययन तथा अवलोकन गरेका हुन् ।
 
सो संस्थाका अध्यक्ष धनन्जय तिमिल्सीनाको नेतृत्वमा आएका संथाका ३४ जना सदस्यहरुले हिजो बेलुका हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाद्धारा सञ्चालित हाम्रो पहुँच सेकेन्डरी स्कुल, रेडियो हाम्रो पहुँच, सहकारी पेट्रोल पम्प र बचत तथा क्रण परीयोजनाको बारेमा अध्ययन अवलोकन गर्नुका साथै परियोजनाका बारेमा जानकारी लिएका हुन् । 
 
सो अवसरमा भ्रमण टोलीलाई हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले संस्थाको बारेमा जानकारी गराउनुभएको थियो । अध्यक्ष भण्डारीले संस्थाको बारेमा जानकारी गराउदैँ सहकारी मार्फत सदस्यहरुको आवश्यकता पुर्तिका लागि नाफा रहित विभिन्न व्यवसाय सञ्चालनको बताउनुभएको थियो । त्यसक्रममा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले छोटै समयमा उल्लेख्य सफलता प्राप्त गरेको भन्दै भ्रमण टोलीमा आएका सहकारी कर्मीले संस्थाको प्रशंसा गर्दै सफलताको शुभकामना ब्यक्त गरेका थिए ।।