कार्यक्रम तालिका
अहिले प्रसारणमा
MUSIC YOUR CHOICE
यस पछिको कार्यक्रम
राष्ट्रिय खबर
 
MUSIC YOUR CHOICE 11:00 am-12:00 pm
राष्ट्रिय खबर 12:00 pm-12:15 pm
तपाईंको भावना हाम्रो गीत 12:15 pm-1:00 pm
हिन्दी गित संगीत 1:10 pm-1:55 pm
 
 
#
हाम्रो पहुँचको तश्रो बार्षिक उत्सव सम्पन्न,, गुणस्तिरिय शिक्षामा जोड »
हाम्रो पहुँच माध्यमिक विद्यालय तुलसीपुर ४ झुमरे दाङको तेश्रो बार्षिक उत्सव तथा अभिभावक भेला आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले वालवालिकाको शुनिश्चीत भविश्यका लागि विद्यालय छनोटलाई ध्यान दिनुपर्ने बताएका छन् । शिक्षा प्रति शिक्षकको समर्पण र विद्यार्थीको लगनशीलता आवश्यक हुने बक्ताहरुको जोड थियो । 
 
कार्यक्रममा बोल्दै निमित्त जिल्ला शिक्षा अधिकारी दण्डपाणी घिमिरेले जिल्लामा नारा मात्रैका विद्यालय धेरै भएपनि गुणस्तरीय शिक्षा दिने विद्यालय कमै रहेको बताउनु भयो । नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा केही बिद्यालय अबैध रुपमा सञ्चालनमा आउन सक्ने भन्दै उहाँले अबैध विद्यालयमा वालवालिका नपठाउन अभिभावकलाई आग्रह गर्नुभयो । 
 
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका घिमिरेले न्युन शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्न सफल भएको भन्दै हाम्रो पहुँच माध्यमिक विद्यालयको प्रशंसा गर्नुभयो । स्थापना भएको छोटै समयमा हाम्रो पहुँच माध्यमिक विद्यालयले महत्वपूर्ण सफलता प्राप्त गरेको भन्दै उहाँले जिल्लाका अरु विद्यालयले हाम्रो पहुँचबाट पाठ सिक्नुपर्ने बताउनु भयो । 
 
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उत्तम प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै एन प्याप्सन दाङका अध्यक्ष प्रकाश कुमार शर्माले विद्यार्थीलाई महंगो विद्यालय पठाउँदैमा दायीत्प पूरा भएको ठान्नु गलत हुने बताउनु भयो । वालवालिकाको पढाइप्रति रुची बढाउन विद्यालयले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । 
 
सर्बशुलभ शुल्कमा गुणस्तरिय शिक्षाका लागि हामी केही गरौं भन्ने नाराका साथ भएको कार्यक्रममा बोल्दै हाम्रो पहुँच बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले सहकारीले सञ्चालन गरेको विद्यालय बोडिङ् स्कुल नभएर सामुदायीक विद्यालय भएको दावी गर्नुभयो । 
 
कार्यक्रममा विद्यालय सञ्चालन उपसमितिका संयोजक भरत भण्डारीले समय सापेक्ष गुणस्तरिय र वैज्ञानिक शिक्षाका लागि हाम्रो पहँुच माध्यमिक विद्यालय नमूना भएको दावी गर्नुभयो । तुलसीपुर नगर जेसीसका अध्यक्ष शुर्य प्रसाद शर्माले विद्यालयमा नयाँ विद्यार्थी भित्राउने, शिकाउने, टिकाउने र बजारमा बिकाउने खालको शिक्षा प्रदान गर्न आग्रह गर्नुभयो । 
 
सह प्रधानाध्यापक शिव पुनको स्वागत मन्तब्यबाट अघि बढेको कार्यक्रममा राप्ती बबई बहुमुखी क्याम्पस प्रमुख लक्ष्मण रेग्मी, इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रिमुख डिएसपी कृष्ण प्रसाई, अखिल नेपाल शिक्षक संघ दाङका अध्यक्ष तुलसी प्रसाद भण्डारी लगायतका बक्ताहरुले गुणस्तरिय शिक्षाका लागि हाम्रोपहुँच विद्यालयले निर्वाह गरेको भूमिकाको प्रशसा गर्नुभएको थियो । 
 
प्रधानाध्यापक डिआर भण्डारीको सञ्चालनबाट सुरु भएको कार्यक्रममा विद्यार्थीहरुले राष्ट्रिय गीतमा तृत्य प्रस्तुत गर्नुका साथै तेकान्दो प्रर्दशन गरेका थिए । बार्षिक उत्सवका अवसरमा चन्द्रिका बुढाथोकीले स्थापना गरेको कुसुम स्मृति अक्षयकोष बाट निशा रोकालाई, भरत भण्डारी र उत्तम प्रसाद भण्डारीले स्थापना गरेको कृष्ण मोतीराम अक्षयकोषबाट देवा डाँगी र सुमित चौधरीलाई, गोपा भण्डारीले स्थापना गरेको जीवलाल स्मृति अक्षयकोषबाट तुलसा बुढालाई पुरस्कृत गरिएको छ । 
 
त्यस्तै बार्षिक परिक्षा तथा विभिन्न समयमा सञ्चालन भएका प्रतियोगिताहरुमा उत्कृष्ट हुने बिद्यार्थीलाई सम्मान तथा पुरस्कृत गनि गरिएकोछ । कार्यक्रममा तुलसीपुर ३ गणेशपुर निवासी ८३ बर्षिय मिना खनालको आफ्नो चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयमा १५ हजार एक सय रुपैयाँको मिनाकला अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो । 
 
कार्यक्रममा गोल्डेन आइडल सचिन पोख्रेल, प्युठानी तार सिजन थ्रीमा उत्कृष्ट पाँचमा पर्न सफल सुधा भण्डारी, लोक गायक तथा रेडियो हाम्रो पहुँचका प्राबिधिक प्रमुख प्रम विवश घर्ती लगायतले पनि प्रस्तुती राख्नु भएको थियो । 
 
अध्यक्षमा पुनः भण्डारी 
यसैबीच अभिभावक भेलाले उत्तम प्रसाद भण्डारीको अध्यक्षतामा नयाँ ब्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्य सचिमा प्रधानाध्यापक डिआर भण्डारी र सदस्यहरुमा शान्त खनाल, पुनाराम आचार्य, देवीराम भण्डारी रहनु भएको छ । त्यस्तै भेलाले तिलकराम कालाथोकीलाई शिक्षक प्रतिनिधीबाट सदस्यमा र स्थानिय बुद्धिजिवीको तर्फबाट जीवराज खरेललाई सदस्यमा चयन गरेको छ । 
 
नयाँ समिति गठन पछि प्रतिबद्धता मन्तब्य ब्यक्त गर्दै ब्यवस्थापन समितिका अध्यक्ष उत्तम प्रसाद भण्डारीले बर्वशुलभ शुल्कमा गुणस्तरिय शिक्षाका लागि योजना बनाएर अगाडी बढ्ने बताउनु भयो ।।