कार्यक्रम तालिका
अहिले प्रसारणमा
MUSIC YOUR CHOICE
यस पछिको कार्यक्रम
राष्ट्रिय खबर
 
MUSIC YOUR CHOICE 11:00 am-12:00 pm
राष्ट्रिय खबर 12:00 pm-12:15 pm
तपाईंको भावना हाम्रो गीत 12:15 pm-1:00 pm
हिन्दी गित संगीत 1:10 pm-1:55 pm
 
 
#
राजमोका एरिया प्रशिक्षण »
राष्ट्रिय जनमोर्चाले संगठनात्मक अभियान अन्र्तगत ६ नम्वर एरियाको प्रशिक्षण हेकुलीमा सम्पन्न गरेको छ । क्षेत्रीय अध्यक्ष तुलबहादुर योगीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववीयु छैठौं पूर्व केन्द्रीय सचिव गणेश आर्चायले समसामयीक राजनीति, पार्टीको संगठनात्मक सिद्धान्त, कम्युनिष्ट आन्दोलनको इतिहास र निम्न पूजीँवादी चिन्तनका बिषयमा प्रशिक्षण दिनुभएको । 
 
प्रशिक्षण कार्यक्रममा जनताको लामो संघर्षबाट संविधान बनेपनि ठूला भनिएका दलहरु त्यसको कार्यान्वय भन्दा पनि आफू अनुकूल ब्याख्यामा लागेको भन्दै आचार्यले संविधानको कार्यान्वयन र संघीयताको खारेजीका लागि जनस्तरबाट दवाव सृजना गर्न आग्रह गर्नुभयो । राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी भएपनि संविधानको बिरोध गर्ने नीतिगत बिषयलाई नछोडेको भन्दै छैठौं पूर्ब केन्द्रीय सचिव आचार्यले संघीयतालाई थेग्ने श्रोत देशमा नभएकाले खारेज भएरै छोड्ने दावी गर्नभयो । 
 
प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमला जिसी, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य शसिराम बुढाथोकी, जातीय समता समाजका केन्द्रीय सदस्य रेसम विक, क्षेत्रीय सल्लाहकार यमप्रसाद भट्टराई लगायतले प्रशिक्षण मन्तब्य राख्नु भएको थियो ।।