कार्यक्रम तालिका
अहिले प्रसारणमा
सिंगिङ्ग डट कम
यस पछिको कार्यक्रम
राष्ट्रिय खबरहरू
 
सिंगिङ्ग डट कम 2:00 pm-3:00 pm
राष्ट्रिय खबरहरू 3:00 pm-3:15 pm
खिचडी 3:15 pm-3:55 pm
न्यूज अपडेट 3:55 pm-4:00 pm
 
 
#
चितवनको टोलीद्धारा हाम्रो पहुँचको अवलोकन »
चितवन बाट सहकारी अवलोकन भ्रमणमा आएको एक टोलीले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाको आज अवलोकन गरेको छ । आर्दश समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर उपमहानगरपालिका १ चितवनको टोलीले हाम्रो पहुँच बहेउद्देश्यीय सहकारी संस्था र यसले सञ्चालन गरेका परियोजनाहरुको अवलोकन गर्नुका साथै जानकारी लिएको हो । 
 
संस्थाका सल्लाहकार तथा भ्रमण कार्यक्रम संयोजक कुस्मखर अधिकारीको नेतृत्वमा आएको टोलीले रेडियो हाम्रो पहुँच ८९ मेगाहर्ज, हाम्रो पहुँच सेकेण्डरी स्कुल, बचत तथा ऋण परियोजना अवलोकन गर्नुका साथै संस्था सञ्चालनका बारेमा जानकारी लिएको हो । भ्रमण टोलीलाई हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले संस्था सञ्चालन पद्धती र संस्थाले सञ्चालन गरेका योजनाका बारेमा जानकारी गराउनु भएको थियो । 
 
भ्रमण टोलीमा ५३ जना सदस्य सहभागी रहेको उक्त संस्थाका अध्यक्ष जंगबहादुर भण्डारीले जानकारी दिनुभयो । राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी संस्था सञ्चालनको उचित मोडलका बारेमा जानकारी लिनका लागि भ्रमणमा निस्कीएको टोलीका संयोजक कुस्माखर अधिकारीले बताउनु भयो ।।