कार्यक्रम तालिका
अहिले प्रसारणमा
विज्ञापन र सुचना
यस पछिको कार्यक्रम
सफलताको कथा
 
विज्ञापन र सुचना 4:00 pm-4:10 pm
सफलताको कथा 4:10 pm-5:00 pm
खवर देशभरका 5:00 pm-5:15 pm
वाल कार्यक्रम 5:15 pm-5:45 pm
 
 
#
हाम्रो पहुँच बैकल्पिक उर्जाबाट सञ्चालन »
हाम्रोपहुँच बहुउद्देश्यीय सहकारी संस्थाद्धारा सञ्चालीत रेडियो हाम्रो पहुँच ८९ मेगाहर्ज आज देखि बैकल्पीक उर्जाबाट सञ्चालनमा आएको छ । यसअघि विद्युत र जेनेरेटबाट सञ्चालन हुँदै आएको रेडियोले चार हजार वाटको सोलार जडान गरेसँगै अव देखि सौर्य उर्जाबाट सञ्चालन भएको हो । लगातारको विद्युत कटौतीमा समेत प्रसारण नियमित राखेर छुट्टै पहिचान बनाएको रेडियोमा सौर्य उर्जा जडान भएसँगै सञ्चालन लागत घट्ने अपेक्षा गरिएको छ । 
 
सोलार जडान सँगै जेनेरेटरको प्रयोग कम हुने भएकाले बार्षिक चार देखि पाँच लाख बचत हुने अध्यक्ष हाम्रो पहुँच बहेउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले बताउनु भयो । बैकल्पीक उर्जा प्रर्वधन केन्द्र काठमाण्डौंको पचास प्रतिशत अनुदानमा साढे पाँचलाख बराबरको लागतमा चार हजार वाट क्षमताको सोलार जडान गरिएको हो । उक्त क्षमताको सोलारमा तीन हजार दुई सय एम्पीएरको ब्याट्री र १० केभीएको युपिएस जडान गरिएको छ ।।