कार्यक्रम तालिका
अहिले प्रसारणमा
सफलताको कथा
यस पछिको कार्यक्रम
खवर देशभरका
 
सफलताको कथा 4:10 pm-5:00 pm
खवर देशभरका 5:00 pm-5:15 pm
वाल कार्यक्रम 5:15 pm-5:45 pm
थारु भाषामा समाचार 5:45 pm-6:00 pm
 
 
#
पहुँचले भण्डारीलाई बिदाई ग¥यो »
दाङ १ मंसिर । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले लेखा समिती सदस्य सन्तोष भण्डारीलाई बिदाई गरेको छ । अध्ययनको सिलसिलामा अष्ट्रेलिया जानलाग्नु भएका भण्डारीलाई हिजो कार्यलयमा एक कार्यक्रम गरि बिदाई गरिएको हो । संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ढुण्डीराज खनाल, लेखा समिती संयोजक तुलसी प्रसाद भण्डारी, बरिष्ट सल्लाहकार भरत भण्डारी, सल्लाहकार सुर्य प्रसाद शर्माले उहाँको प्रगतिको कामना गर्नुभएको थियो । 
विदाइ कार्यक्रममा संस्थाका अध्यक्ष सुक्रराज भण्डारीले नेपाली झण्डा र नेपालको नक्सा सहितको मायाको चिनो प्रदान गर्नुभएको थियो । अध्यक्ष भण्डारीले बिदाई भएर जान लाग्नु भएका सन्तोष भण्डारीले संस्थाका लागि गरेको योग्दानको कदर गर्दै धन्यबाद ज्ञापन गर्नु भएको थियो । सोहि अबसरमा बोल्दै सन्तोष भण्डारीले आफु अध्यायनका लागि अस्ट्रेलिया गए पनि संस्थाको विकासका लागि सहयोग गर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण संस्थाका सचिब देबराज भण्डारीले गर्नुभएको थियो ।