कार्यक्रम तालिका
अहिले प्रसारणमा
MUSIC YOUR CHOICE
यस पछिको कार्यक्रम
राष्ट्रिय खबर
 
MUSIC YOUR CHOICE 11:00 am-12:00 pm
राष्ट्रिय खबर 12:00 pm-12:15 pm
तपाईंको भावना हाम्रो गीत 12:15 pm-1:00 pm
हिन्दी गित संगीत 1:10 pm-1:55 pm
 
 
#
अपराधिक गतिबिधि नियण्त्रण गर्न सबैको सहयोग आबस्यक »
 
अपराधिक गतिबिधि नियण्त्रण गर्न सबैको सहयोग आबस्यक 
दिपक बोहरा ,, दाङ १३ भाद्र 
बर्तमान अबस्था र चाडपर्बमा हुने सम्भाबित अपराधिक गतिबिधिलाई नियण्त्रण गर्न सबैको सहयोग आबस्यक रहेको ईलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ । अहिलेको राजनितिक गतिरोध र नजिकिदै गरेकोे चाडपर्बको समयमा हुने अपराधिक गतिबिधिलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने प्रहरीले बताएको हो । बर्तमान राजनितिक अस्थिरता , अपराधिक गतिबिधि, दण्डहिनता, कानुन आफ्नो हातमा लिने प्रबृति तथा नजिकिदै गरेको चाडपर्बको समयमा बिभिन्न अपराधिक क्रियाकलाप हुने भएकाले प्रहरी एक्लैले सम्भब नहुने भन्दै नियण्त्रणका लागि सबैको सहयोग आबस्यक रहेको  बताएको हो । 
 
यो समयमा अपराधि र अपराधिक मानसिकताका ब्यक्तिहरुको चलखेलले समाजमा बिभिन्न किसमका बिकृति , बिसङति सृजना भईरहेकोले स्थिती नियण्त्रणगर्न सबै प्रहरी संगएक जुट भएर लाग्नुपर्ने ईलाका प्रहरीकार्यलय तुलसीपुर, सशस्त्र प्रहरी बल , सुरक्षा बेस तुलसीपुर, सामुदायीक प्रहरी सेवा केन्द्र तुलसीपुरले संयुक्तरुपमा अनुरोध गरेका छन । 
 
 
साथै नेपालिहरुको महान चाड नजिकिदै गरेकाले झै झगडा , कुटपिट, गुण्डागर्दि , मादक पदार्थ , लागुऔषध सेवन, बेश्याबृति, सवारी साधन दुर्घटना, चोरी, लुटपाट र जुवातास जस्ता अपराधिक गतिबिधि हुने सम्भाबनालाई मध्यनजर गरि बिशेष कार्यक्रमको रुपमा नेपाल प्रहरी ÷ सशस्त्र प्रहरी बल संयुक्त रुपमा परिचालन गरि त्यस्ता किसमका अपराधलाई नियण्त्रण गरि समाजमा शान्ति सुब्यबस्था, अमनचयन कायम गर्नुपर्ने आबस्यकता रहेको जनाएका छन ।।