कार्यक्रम तालिका
अहिले प्रसारणमा
MUSIC YOUR CHOICE
यस पछिको कार्यक्रम
राष्ट्रिय खबर
 
MUSIC YOUR CHOICE 11:00 am-12:00 pm
राष्ट्रिय खबर 12:00 pm-12:15 pm
तपाईंको भावना हाम्रो गीत 12:15 pm-1:00 pm
हिन्दी गित संगीत 1:10 pm-1:55 pm
 
 
#
दाङका दुई स्थानमा गाडी दुर्घटना, ४३ घाइते, ९ गम्भीर ९ भदौ, घोराही »
दाङका दुई स्थानमा गाडी दुर्घटना, ४३ घाइते, ९ गम्भीर
९ भदौ, घोराही 
दाङमा आज भएका तिन छुट्टा छुट्टै सवारी साधन दुर्घटना हुँदा ४६ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ । रोल्पाबाट तुलसिपुरका लागि छुटेको रा १ ख ८३९ नम्बरको बस घोराही लमही सडकखण्डको लक्ष्मीपुर १ बबई खोलामा पल्टिएको थियो । 
 
गम्भिर घाइते हुनेहरुमा घोराही ४ का २१ वर्षीय सुरेन्द्र सुनार, लक्ष्मीपुर ६ की ११ वर्षीया झरना नेपाली र तुलसिपुर नगरपालीका १६ निबासी २९ वर्षीय दिनेश चौधरी रहको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घाइते तीनै जनाको नेपालगञ्जमा उपचार भैरहेको छ । अन्य २४ जना राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार पछि फर्किएको प्रहरीले बताएको छ ।
 
यसैबीच,,, रामपुरबाट घोराही आउँदै गरेको जिप घोराही ४ वडरीमा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । रा १ ज ४०३ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका हुन् । सोही क्रममा जिपले रा २ प १६४४ नम्बरको मोटरसाइकल लक्ष्मीपुर ९ निबासी ३८ वर्षीय खिमलाल गिरी गम्भीर घाईते हुनुभएको छ ।
 
गिरीलाई घोराहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । ट्याक्सीका गम्भिर घाइतेहरु चालक लक्ष्मीपुर ७ का गिरीराज घर्ती, यात्रुहरु रामपुर ६ का ४० वर्षीया प्रभा चौधरी, ३४ वर्षीय शिबकुमार खत्री, रामपुर ४ की सुशीला चौधरी र ६० वर्षीय भुबनेश्वर पाण्डेलाई घोराहीमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको ट्राफिक प्रमुख बिरबहादुर थापाले जानकारी दिनुभयो ।
 
घोराही लमही सडकखण्डको कटुवाखोलामा पुल बन्ने भएपछि सडक विग्रिएकाले डबरी हुँदै चौघेराबाट कच्ची सडकमा सवारीका साधनहरु सञ्चालन हुदै आएका थिए ।
 
यसैबिच,, दाङको तुलसीपुर ६ लक्ष्मिनारायन मन्दिर नजिक दुईवटा मोटरसाईकल एक आपसमा ठोकिदा २ जना घाईते भएका छन । 
जसपुरबाट तुलसीपुर तर्फ आउदै गरेका रा २ प ४८९५ नम्वरको मोटरसाईकले र बिपरीत दिसा तर्फ गरेको रा २ प ७२७४ नम्वरको मोटरसाईकल रजौरामा एकआपसमा ठोकिएको ईलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ । घाईतको अहिले तुलसीपुर स्थीत दिर्घायू पोली क्लिनीक र राप्ती अञ्चल अस्पतालमा उपचार भई रहेको प्रहरिले बताएको छ ।।