कार्यक्रम तालिका
अहिले प्रसारणमा
हाम्रो पहुँच हालखवर
यस पछिको कार्यक्रम
विज्ञापन र सुचना
 
हाम्रो पहुँच हालखवर 6:30 pm-7:00 pm
विज्ञापन र सुचना 7:00 pm-7:10 pm
जिवन डायरी 7:10 pm-7:30 pm
साझा खवर 7:30 pm-8:00 pm
 
 
#
गृहमन्त्रीले ‘दक्षिणतिरबाट मान्छे आए’ भनेकोमा भारतको आपत्ति »
 

Ranjit Rey

 

 

भारतीय रातदूत रन्जित रेले गृहमन्त्री बामदेव गौतमको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

भारतीय रातदूत रे गृहमन्त्रीलाई भेट्न मंगलबार दिउँसो गहृ मन्त्रालय पुगेका थिए । करीव एक घण्टासम्म चलेको वार्ताका क्रममा भारतीय राजदूतले शुरुमा सोमवार गौतमले संसदमा दिएको बयानप्रति ध्यानाकर्षण गराएका थिए ।गृहमन्त्री गौतमले सोमबार संसदमा सम्बोधन गर्दै गौर, मलंगवा लगायतका ठाउँमा दक्षिणतिरबाट ठूलो संख्यामा मानिहरू प्रवेश गरिरहेको बताएका थिए ।

कैलाली लगायतका ठाउँमा भारतीय घुसपैठ भएको भन्ने प्रचारबाजीप्रति राजदूतले आपत्ति जनाएको स्रोतले जनाएको छ ।

जवाफमा गौतमले भने आफूले दक्षिणतिरबाट भन्नुको अर्थ भारत नभनेको भन्दै सम्झाउन खोजेको बताइएको छ ।

गौतमले कुनै व्यक्ति शासन सत्तामा छ भन्दैमा सिंगो समुदाय शासक हुने र अरु शासित हुने खालको प्रचार भएको भन्दै नेपालको इतिहास सुनाएको मन्त्रालय उच्च स्रोतले जनाएको छ ।

भारतीय राजदूत रेले नेपालको शान्ति, स्थायित्व र संविधानप्रति भारतीय चासो सुनाउदै प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री सुशील कोइरालाबीच पनि कुराकानी भएको जानकारी गराएका थिए ।

@onlinekhabar