कार्यक्रम तालिका
अहिले प्रसारणमा
सिंगिङ्ग डट कम
यस पछिको कार्यक्रम
राष्ट्रिय खबरहरू
 
सिंगिङ्ग डट कम 2:00 pm-3:00 pm
राष्ट्रिय खबरहरू 3:00 pm-3:15 pm
खिचडी 3:15 pm-3:55 pm
न्यूज अपडेट 3:55 pm-4:00 pm
 
 
#
व्यापारीले लगाए सिन्डिकेट, ओखलढुङ्गा-काठमाडौं यातायात सञ्चालनमा रोक »

ओखलढुङ्गा, पुस २७ - उदयपुरको घुर्मीका व्यापारीहरूले बाटो छेकेर ओखलढुङ्गाबाट काठमाडौं जाने सवारीमा रोक लगाएका छन्। सिद्धिचरण राजमार्गअन्तर्गत सुनकोसी नदीमा अस्थायी बेलिब्रिज बनेपछि सिन्धुलीको खुर्कोट हुँदै काठमाडौँसम्म बुधबारबाट सञ्चालनमा आएको बस सेवा स्थानीय व्यापारीहरुले सिन्डिकेट लगाएपछि अवरुद्ध भएको छ।

स्थानीय प्रशासन र यातायात व्यवसायीको सहमतिमा बुधबार बिहानदेखि ओखलढुङ्गाबाट राजधानी काठमाडौँको लागि सुचारु गरिएको बस उदयपुर घुर्मीका व्यवसायीले बाटो छेकेर रोकेका हुन्।

सोलु, खोटाङ र ओखलढुङ्गा तीनै जिल्लालाई सहज हुने किसिमले सिधा यातायात सुचारु गर्न पहिलोपटक सञ्चालन गरिएको बा२च ६३२३ नम्बरको बसलाई घुर्मीका यातायात व्यवसायीले बाटोमा सवारी तेर्स्याएर अवरोध गरेको माथिल्लो सगरमाथा व्यवसायी सङ्घका अध्यक्ष रत्न कट्टेलले जानकारी दिए ।

उदयपुरको घुर्मीमा लगाइएको सिन्डिकेटले ओखलढुङ्गा, सोलुलगायतका जिल्लाका नागरिक मारमा परेका छन्। बस रोकिएको विषयमा उदयपुरका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराए पनि प्रशासनले कुनै पहल गरिनसकेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।