कार्यक्रम तालिका
अहिले प्रसारणमा
हाम्रो पहुँच हालखवर
यस पछिको कार्यक्रम
विज्ञापन र सुचना
 
हाम्रो पहुँच हालखवर 6:30 pm-7:00 pm
विज्ञापन र सुचना 7:00 pm-7:10 pm
जिवन डायरी 7:10 pm-7:30 pm
साझा खवर 7:30 pm-8:00 pm
 
 
#
बिल्बाओलाई ३१ वर्षपछि सुपर कपको उपाधि »

Athletic-bilbao

 एथ्लेटिको विल्बाओले ३१ वर्षपछि स्पेनिस सुपर कपको उपाधि जितेको छ ।पहिलो लेगमा ४-० को शानदार जित हात पारेको बिल्बाओले सोमबार राति नाउ क्याम्पमा भएको दोस्रो लेगमा बार्सिलोनासँग १-१ को बराबरी खेल्यो ।

खेलको ४३ औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै बार्सिलोनाको पुनरागमनको संकेत दिए ।

Messi
तर, ५५ औं मिनेटमा झड्का लाग्यो । डिफेण्डर जेरार्ड पिकेले रातो कार्ड पाएपछि बार्सिलोना दबावमा आयो ।
खेलको ७५ औं मिनेटमा अडुरिजले गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्‍याए ।

पहिलो लेगमा अप्रत्यासित हार व्यहोरेपछि लुइज इनरिकले टीममा ठूलो हेरफर गरेका थिए । गोलकिपरमा ब्राभोलाई खेलाइएको थियो भने फवार्ड लाइनमा लिओनल मेस्सी, लुइस स्वरेज र पेड्रो थिए ।

तर, विल्बाओले मेस्सीलाई राम्रो तयारी गरेको देखियो । उनको खुट्टामा बल पुग्दा साथ विल्बाओका दुई खेलाडीले पछ्याउँथे । यस्तोमा पेड्रोले केही मौका नपाएका होइनन् । तर, उनी गोल गर्न असफल रहे ।

बार्सिलोनाको डिफेन्समा अझै समस्या देखिएको छ । म्याथुको गल्तीमा विल्बाओका अडुरिजले वान भर्सेज वानको मौका दिएका थिए ।

@onlinekhabar