कार्यक्रम तालिका
अहिले प्रसारणमा
सफलताको कथा
यस पछिको कार्यक्रम
खवर देशभरका
 
सफलताको कथा 4:10 pm-5:00 pm
खवर देशभरका 5:00 pm-5:15 pm
वाल कार्यक्रम 5:15 pm-5:45 pm
थारु भाषामा समाचार 5:45 pm-6:00 pm
 
 
#
अत्याधीक चिसोका कारण दाङ्गमा १५ लाख बराबरको टमाटर नष्ट ।। »

 

दाङ्ग २६पौष,
अत्याधिक चिसोका कारण मुलुक भरको जनजिवन प्रभावित भएको छ । तराईमा शितलहर चलेको छ भने पहाड र हिमालमा हिउँ पर्दा त्यहाको दैनिकी कष्टकर बनेको छ ।चिसोका कारण देशभर अहिले सम्म मृत्युहुनेको संख्या ४० नागीसकेको छ । चिसो बढ्न थालेपछि अहिले विद्यालयहरुपनि बन्द गर्न थालीएको छ  ।यसैबिच यता दाङको हलवार ८ खाद्रेमा अत्यधीक रुपमा शितलहर बढेको छ । शितलहरका कारण चार बिगाह क्षेत्रफलमा लगाईएको करीब १५ लाख बराबरको टमाटर नष्ट भएको कीसानहरुले बताएका छन ।१९ घरधुरी मिलेर लगाईएको टमाटर शितलहरले पुरै नष्ट हुदा आफुले गरेको मिहीनेत र परीश्रम खेर गएको किसान लेख कुमार कार्कीले बताउनु भयो । उनीहरुले जिल्ला कृषी बिकाश समक्ष क्षतीपुर्ती स्वरुप बिउ बिजन उपलब्ध गराइ दिन माग समेत गरेका छन । त्यस्तै उता जुम्लामा पनि अत्याधिक चिसोले जनजीवन कष्टकर भएको छ । आजको तापक्रम माइनस ८ डिग्री सेल्सियस मापन गरिएको छ । चिसोले ठाउठाउमा खानेपानीको पाइप फुटेपछि सदरमुकाम खलङगामा ३ दिनदेखि खानेपानी सेवा समेत अवरुद्ध भएको छ । कर्णाली राजमार्गमा सञ्चालन हुने गाडीको इन्जिन धेरै चिसो भएर गाडी चलाउन समस्या हुने भएपछि आगो बालेर तताउने गरिएको बतार्र्ईएको छ । 
 
 ।