कार्यक्रम तालिका
अहिले प्रसारणमा
हाम्रो पहुँच हालखवर
यस पछिको कार्यक्रम
विज्ञापन र सुचना
 
हाम्रो पहुँच हालखवर 6:30 pm-7:00 pm
विज्ञापन र सुचना 7:00 pm-7:10 pm
जिवन डायरी 7:10 pm-7:30 pm
साझा खवर 7:30 pm-8:00 pm
 
 
#
डि मारिया पेरिस सेन्ट जर्मेन जाने पक्का »

म्यानचेष्टर युनाइटेडका विंगर एन्जल डि मारिया पेरिस सेन्ट जर्मेन जाने भएका छन् ।

२४ घन्टाभित्र उनको मेडिकल हुनेछ । २७ वर्षे अर्जेन्टिनी ४४.५ मिलियनमा फ्रान्स च्याम्पियन पेरिस सेन्ट जर्मेन गएको बताइएको छ । उनले चार वर्षे सम्झौतामा सहमति जनाएका छन् ।

अर्जेन्टिनाबाट कोपा अमेरिका खेलेका डि मारिया युनाइटेडको प्रि सिजन टुरमा समेत सहभागी भएका थिएनन् ।

उनी बेलायतको कीर्तिमानी ५९.७ मिलियनमा गत सिजन मात्र रियल मड्रिडबाट वर्ल्ड ट्राफड आएका थिए । सुरुवात चार खेलमा एक गोल र तीन गोलका लागि पास मिलाएका उनले त्यसपछि आफ्नो लय गुमाए ।

त्यसपछि उनले मात्र एक खेलमा पहिलो मिनेटबाटै खेल्ने मौका पाएका थिए ।