कार्यक्रम तालिका
अहिले प्रसारणमा
विज्ञापन र सुचना
यस पछिको कार्यक्रम
सफलताको कथा
 
विज्ञापन र सुचना 4:00 pm-4:10 pm
सफलताको कथा 4:10 pm-5:00 pm
खवर देशभरका 5:00 pm-5:15 pm
वाल कार्यक्रम 5:15 pm-5:45 pm
 
 
#
अष्ट्रेलियन क्रिकेट टीम ९ वर्षपछि बंगलादेश भ्रमणमा जाने »
अष्ट्रेलियन क्रिकेट टिम ९ बर्षपछि पहिलो पटक बंगलादेश भ्रमणमा जाने भएको छ । आइतबार क्रिकेट अष्ट्रेलियाले बंगलादेशबिरुद्ध दुई टेस्ट सिरिज खेल्ने औपचारिक घोषणा गरेको छ ।
अष्ट्रेलियाले अक्टोबर ९ देखि १३ सम्म चिटगांगमा पहिलो टेस्ट खेल्ने छ भने दोस्रो टेस्ट ढाकामा १७ देखि २१ सम्म हुनेछ ।
अहिलेसम्म अष्ट्रेलिया र बंगलादेशबीच मात्र दुई वटा टेस्ट सिरिज भएको छ । अक्टोबरमा हुने टेस्ट सिरिज दुई देश बीचको तेस्रो सिरिज हुनेछ ।
अष्ट्रेलियाले अन्तिम पटक सन् २००६ मा बंगलादेशबिरुद्ध खेलेको थियो ।