कार्यक्रम तालिका
अहिले प्रसारणमा
सफलताको कथा
यस पछिको कार्यक्रम
खवर देशभरका
 
सफलताको कथा 4:10 pm-5:00 pm
खवर देशभरका 5:00 pm-5:15 pm
वाल कार्यक्रम 5:15 pm-5:45 pm
थारु भाषामा समाचार 5:45 pm-6:00 pm
 
 
#
अध्ययन भन्छ : इमान्दार मान्छे खुसी र स्वस्थ हुन्छन् »

 

इमान्दार बन्दा तपाइँ अरुको नजरमा असल मान्छे त बन्नुहुन्छ नै यसले तपाइको स्वास्थ्य पनि राम्रो हुन्छ । अध्ययनले के देखाएको छ भने इमान्दारीता तथा झुटो नबोल्ने बानीले मानिसलाई मानसिक तथा शारीरिक रुपमा फाइदा पूराउँछ ।

 

अमेरिकाको नोटर डेम विश्वविद्यालयमा गरिएको अध्ययनले यस्तो देखाएको हो । इमान्दारिता प्रयोग नाम दिइएको उक्त अनुसन्धानका क्रममा विश्वविद्यालयले १८ देखि ७१ वर्षसम्मका ११० जना मानिसलाई १० हप्तासम्म अध्ययन गरेको थियो ।

हरेक हप्ता परीक्षणमा राखिएका ११० जना मानिसहरु प्रयोगशालामा आउँथे र उनीहरुको स्वास्थ्य तथा सम्बन्धको मापन गरिन्थ्यो । त्यस क्रममा उनीहरुले त्यस हप्ताभरी बोलेका मुख्य गम्भीर झुट तथा सामान्य झुट कुराहरुको लगत राखिन्थ्यो ।

अध्ययनको क्रममा लिइएका मानिसहरु जसले हरेक हप्ता आफुले बोल्ने झुटको मात्रा घटाउँदै जान्थे उनीहरुको स्वास्थ्यमा महत्वपूर्ण सुधार देखियो ।

शोधकर्ताहरुले त्यस क्रममा आधा जसो मानिसलाई अध्ययन अवधिभर झुट बोल्दै नबोल्न अह्राए । त्यस्तै अरु आधा मानिसलाई त्यस्तो कुनै कुरा अह्राइएन र उनीहरुलाई बोल्ने स्वतन्त्रता दिइयो ।

१० हप्तापछि नतिजाले के देखायो भने झुट नबोल्न भनिएका मानिसहरुको मानसिक तथा शारीरिक स्वास्थ्य बोल्ने स्वतन्त्रता दिइएका मानिसहरुको भन्दा निकै राम्रो पाइयो । बोल्ने स्वतन्त्रता पाएका मानिसहरु मध्ये पनि झुट कुरा घटाउँदै लगेका मानिसहरु मानसिक र शारीरिक रुपमा स्वस्थ बन्दै गएका तथा उनीहरुको सामाजिक सम्बन्धमा पनि सुधार पाइएको अध्ययनकर्ताहरुको भनाइ छ ।

अध्ययनले अर्को के तथ्य पनि पत्ता लगायो भने हरेक अमेरिकीहरु हरेक हप्ता औषतमा ११ पटक झुटो कुरा बोल्ने गर्छन् ।