कार्यक्रम तालिका
अहिले प्रसारणमा
MUSIC YOUR CHOICE
यस पछिको कार्यक्रम
राष्ट्रिय खबर
 
MUSIC YOUR CHOICE 11:00 am-12:00 pm
राष्ट्रिय खबर 12:00 pm-12:15 pm
तपाईंको भावना हाम्रो गीत 12:15 pm-1:00 pm
हिन्दी गित संगीत 1:10 pm-1:55 pm
 
 
#
उत्पादित बस्तुको उचित बजारीकरण नहुँदा समस्या भएको दाङका किसानहरुले गुनासो »
उत्पादित बस्तुको उचित बजारीकरण नहुँदा कृषि पेशाबाट आफूहरु पलायन हुनु पर्ने अवस्थाको सृजना हुन थालेको दाङका किसानहरुले गुनासो गरेका छन् । राष्ट्रिय कृषक समूह महासंघको आयोजनामा आज (आइतवार) घोराहीमा भएको अगुवा कृषक भेलामा सहभागी जिल्लाका किसानहरुले यस्तो गुनासो गरेका हुन् । भेलाका सहभागी किसानहरुले उत्पादित बस्तुको बजार मुल्य आफूहरुले नभइ ब्यपारीले निर्धारण गर्ने, आयातित बस्तु सँग स्थानिय बस्तुले प्रतिस्पर्धा गर्न नसक्ने, बिचौलीयाका कारण उत्पादित बस्तुले उचित मुल्य नपाउने जस्ता समस्याका कारण कृषि पेशाबाट जीवन चलाउन आफूहरुलाई अप्ठेरो पर्ने गरेको बताएका थिए । उनीहरुले कृषिको ब्यवसायीक विकासका लागि सरकारी नीति नहुनु, उत्पादन योग्य जमिनमा किसानको पहुँच नहुनु, आर्थिक अभावका कारण आधुनिक कृषि औजारको प्रयोग गर्न नसक्नु, पछिल्लो पुस्ताले कृषि पेशालाई आत्मसाथ नगर्नु, समयमा गुणस्तरिय विउ तथा मल उपलब्ध नहुनु, सिचाइ सबिधा नहुनु जस्ता समस्याले कृषिलाई ब्यवसायीकरण गर्न नसकिएको बताएका थिए । समस्यालाई समाधान गर्न तर्फ लाग्नु भन्दा पनि कृषि क्षेत्रका लगि छुट्टाइएको १३ प्रतिशत बजेट समेत अन्य क्षेत्रमा खर्च गरिदा आफूहरुमा निरासा बढ्दै गएको भन्दै सहभागी किसानहरुले जिल्लामा कृषिको ब्यवसायीक विकासका लागि पहल गर्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुलाई आग्रह गरेका थिए । राष्ट्रिय कृषक समूह महासंघका सदस्य ओम कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन सहकारी कार्यालय दाङका सहकारी अधिकृत बिनोद पौडेल, कृषि सामग्री कम्पनी लिमिटेड दाङका प्रमुख तिर्थराज न्यौपाने, जिल्ला कृषि विकास कार्यालय दाङका कृषि प्रसार अधिकृत भरत पोख्रेल, राष्ट्रिय कृषक समूह महासंघका सल्लाहकार युवराज ज्ञवाली लगायतले मन्तब्य राख्नु भएको थियो । कुसल घिमिरेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा रामहरी शर्माले र लक्ष्मी वखादोले कार्यक्रम बारे जानकारी गराउनु भएको थियो ।।
यसैबीच 
अगुवा कृषकहरुको भेलाले बासुदेव गौतमको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय कृषक समूह महासंघको दाङ जिल्ला दतर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा बुझौना चौधरी, सचिवमा हुकुम बहादुर बस्नेत, सह–सचिवमा चित्र बहादुर महतरा र कोषाध्यक्षमा निमा जैसी रहनु भएको छ । किसानहरुको समस्यालाई समाधान गर्नका लागि गठीत तदर्थ समितिले तीन महिना भित्र जिल्लाका सबै ३९ गा.वि.स. र २ नगर पालिकामा समिति गठन गर्ने जनाएको छ । गा.वि.स. स्तरमा गठन गरिएका कृषक समूह मार्फत कृषि क्षेत्रको ब्यवसायीक विकास र उत्पादित बस्तुको बजारीकरणमा सहयोग पुग्ने बताइएको छ । कार्यक्रम जिल्ला कृषि विकास कार्यालय दाङ र फियान नेपालको सहयोगमा भएको हो ।।