कार्यक्रम तालिका
अहिले प्रसारणमा
सिंगिङ्ग डट कम
यस पछिको कार्यक्रम
राष्ट्रिय खबरहरू
 
सिंगिङ्ग डट कम 2:00 pm-3:00 pm
राष्ट्रिय खबरहरू 3:00 pm-3:15 pm
खिचडी 3:15 pm-3:55 pm
न्यूज अपडेट 3:55 pm-4:00 pm
 
 
#
दाङका ८४ सामुदायीक बिद्यालयमा इन्टनेट सुबिधा ।। »

यसै शैक्षीक सत्रमा दाङका कम्तीमा ८४ माध्यमीक बिद्यालयमा इन्टरनेट सेवा सन्चालन हुने भएको छ । शिक्षा कार्यालयले यस चालु बर्षमा जिल्लाका सबै माबी बिद्यालयमा इन्टरनेट सुबिधा पुर्याउने तयारि सुरु गरेको छ । म्याचिङ फन्डमा आधारित योजनामा यो चालु आर्थीक बर्षको अन्त्यसम्म जिल्लाका ८४ माबी बिद्यालयमा इन्टरनेट बिस्तार योजना भएको शिक्षा कार्यालय दाङले जनाएको छ । बिद्यालयमा इन्टरनेट जडानको लागी कार्यालयले १ करोड ४२ लाख बजेट बिनीयोजन गरेको जनाएको छ । बिद्यालयका प्रधानाध्यापकहरुले समेत बिद्यालयको कोषबाट केहि रकम यहोर्ने सहमती गरेका छन् । इन्टरनेट बिस्तारको काम केही बिद्यालयमा समेत पुरा भएको छ । केहि बिद्यालयले इन्टरनेट जडानको लागी शिक्षा कार्यालयले निबेदन दिएका छन् । गत माघमा जिल्लामा भएको शैक्षीक सम्मेलनमा माबि बिद्यालयका प्रधानाध्यापकहरुले बिद्यालयले चालु आर्थीक बर्षभित्र सबै बिद्यालयमा इन्टरनेट जडान गर्ने प्रतिबद्धता गरेका थिए । बिद्यालयमा इन्टनेट सेवाको पुहच पुर्याउन शिक्षा कार्यालयले पनि लगानी गरेको शिक्षा कार्यालयका प्रमुख जित बहादु शाहले बताउनुभयो । अहीले जिल्लाका उमाबी भरतपुर,आर्दश उमाबी,उमाबि देउपुर,गुरुजजुर उमाबी,उमाबि रझेना र सरस्वती उमाबिले इन्टरनेट जडान गरिसकेका छन् । अन्य बिद्यालयमा पनि ंफागुन सम्म जडान गरि सक्ने शिक्षा कार्याँलयले जनाएको छ । प्रत्येक बिद्यालयमा इन्टरनेट बिस्तारकालागी १ लाख ४० हजार शिक्षा कार्यालयले दिने र ६० हजार बिद्यालयले आफैले ब्यहोर्ने गरि सबै माबि मा बिस्तारको काम भैरहेको कार्यालयले बताएको छ ।।