कार्यक्रम तालिका
अहिले प्रसारणमा
शुभविहानी
यस पछिको कार्यक्रम
प्रगतिशिल गितहरु
 
शुभविहानी 07:00 am-07:30 am
प्रगतिशिल गितहरु 07:30 am-08:00 am
विभिन्न लोकदोहोरी गितहरु 08:00 am-09:00 am
हाम्रो पहुँच हाल खवर 09:00 am-09:20 am
 
 
#
पुँजी बजारमा उत्साह कायमै, आइतबार २७।३८ अंकको वृद्धि »

निर्वाचनको प्रारम्भिक नजिता आउँदै उत्साहित बनेका पुँजी बजारका लगानीकर्ताको उत्साह कायमै रहेको छ । निर्वाचको प्रारम्भिक नतिजामा नेपाली कांग्रे अग्रस्थानमा रहेपछि गत बिहिबार नेप्से ३२।८८ अंकले बढेको थियो । आज आइतबार २७।३८ अंकले वृद्धि भई नेप्से ६ सय ६१ दशमलब ६८ अंकमा पुगेको छ । प्रत्यक्षतर्फको निर्वाचनको परिणाम आइसकेको छ, जसमा प्रत्यक्षतर्फको २४० सिटमा १ सय ५ सिट ल्याएको छ भने ९२ सिटमा नेकपा एमालेले विजय हासिल गरेको छ । कांग्रेस नेतृत्वमा आगामी सरकार बन्ने आशामा सेयर बजारमा वृद्धि भएको विश्लेषकहरुले बताएका छन् । आइतबार नेप्सेमा कुल २ लाख ४३ हजार ३ सय ९१ कित्ता सेयर ९ करोड ६१ लाख ९५ हजार ५ सय ६८ रुपैयाँमा कारोबार भयो । कारोबार शुरु भएको १० मिनेटमै नेप्से ३ प्रतिशतले बढेपछि १५ मिनेट सर्किट ब्रेक गर्नु परेको थियो । विहबार पनि २ पटक सर्किट ब्रेक गरिएको थियो । लगानीकर्तालाई कूल बनाउनका लागि सर्किट ब्रेक लगाउने गरिन्छ । नेप्सेमा १२ बजेदेखि ३ बजेसम्म सुचिकृत कम्पनीहरुको सेयर कारोबार हुन्छ । बजार बन्द हुँदा नेप्से अंकमा ४।३२ प्रतिशतले वृद्धि भएको छ । सामान्य अवस्थामा २ प्रतिशतले पनि बढ्दैन थियो । समूहगत हिसाबमा हेर्दा सबैभन्दा बढी जलविद्युत् समूहमा १ सय ४१ प्रतिशतले वृद्धि भएको छ भने ८३ प्रतिशतले वृद्धि हुँदै बीमा समूह दोस्रो स्थानमा छ । तेस्रो स्थानमा बैंकिङ समूह छ । बैंकिङ समूहको वृद्धि ३६ प्रतिशतले भएको छ । विकास बैंक समूहको ७ प्रतिशत र फाइनान्स कम्पनीको २ प्रतिशले वृद्धि भएको छ । कांग्रेसले पुँजी बजारको विकास गर्ने, निजी क्षेत्रलाई प्रोत्साहन गर्दै उदार अर्थनीति अबलम्बन गर्ने भएकाले आगामी दिनमा संस्थाहरुको नाफा बढ्ने अनुमानमा लगानीकर्ताहरु पुँजीबजारतर्फ आकर्षित भएका हुन्  ।