कार्यक्रम तालिका
अहिले प्रसारणमा
सिंगिङ्ग डट कम
यस पछिको कार्यक्रम
राष्ट्रिय खबरहरू
 
सिंगिङ्ग डट कम 2:00 pm-3:00 pm
राष्ट्रिय खबरहरू 3:00 pm-3:15 pm
खिचडी 3:15 pm-3:55 pm
न्यूज अपडेट 3:55 pm-4:00 pm
 
 
#
हाम्रो वारेमा »

आफ्नै कुरा

तुलसीपुर, २० पुस ।।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक साधारण सभा आज तुलसीपुरमा हुँदै छ । विहान १० बजे देखि हाम्रो पहुँच सेकेण्डरी स्कुल तुलसीपुर ४ झुमरेमा हुने साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी संघका सञ्चालक रविन्द्र के.सी.ले गर्ने संस्थाका सचिव देवराज भण्डारीले जानकारी दिनुभयो । बचत तथा ऋण, सहकारी पेट्रोप पम्प, रेडियो हाम्रो पहुँच र सहकारी विद्यालय गरी चार वटा परियोजना सफलतका साथ सञ्चालन गरेको संस्थाले आगामी बर्ष यिनै परियोजनालाई मजबुद पार्ने योजना साधारण सभामा प्रस्तुत गरिने संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिनुभयो । आगामी बर्षका लागि नयाँ योजना नभएपनि सञ्चालित परियोजनाहरुलाई आत्मनिर्भर बनाउने ऐजेण्डा साधारण सभामा प्रस्तुत हुने उहाँले रेडियो हाम्रो पहुँचलाई जानकारी दिनुभयो । साधारण सभामा दश बर्षे दीर्घकालिन योजना अन्र्तगत सहकारी यातायात, सहकारी पेट्रोलपम्पको शाखा विस्तार, दैनिक पत्रिका तथा अफसेट प्रेस सञ्चालन लगायतका ऐजेण्डा प्रस्तुत गरिने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । साधारण सभाका लागि अतिथि र सदस्यहरुलाई पत्राचार गरिएको तथा सञ्च निमार्ण पनि भएकाले तयारी पूरा भएको संस्थाले जनाएको छ ।।

“एकका लागि सबै र सबैका लागि एक” भन्ने सहकारी सिद्धान्त अनुरुप “हामी केही गरौं” भन्ने मुख्य उद्देश्यका साथ निम्न आय भएका सर्वसाधारण ब्यक्तिहरुलाई सदस्य बनाई बिभिन्न सिप–मूलक र आय–आर्जनमूलक कार्यहरुमा सरिक गराई सदस्यहरुको आर्थिक सामाजिक अवस्थालाई सुदृढ बनाउनकालागी सदस्यकाहरुका बीचमा र सदस्यहरुको समुन्नत हितकोलागी सहकारीको माध्ययमबाट ब्यवसायिक, जनचेतनामूलक र सेवामूलक कार्य गर्ने उद्देश्यका साथ २०६४ श्रावण ३१ गते हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना गरिएको हो । यस संस्थाले समुदायको माया, स्नेह एवं सद्भाव र सहयोगका कारण नै यस क्षेत्रको सहकारी आन्दोलनमा टेवा पु–याउदै,  वचत तथा ऋण परियोजना, सहकारी पेट्रोलपम्प परीयोजना र रेडियो हाम्रो पहुँच परियोजना संचालन गरिरहेको कुरा यहाँहरुलाई अवगत नै छ ।
       २१ औं शताब्दीमा जनताको सूचनाको हकमा जनताकै पहुँँच भन्ने कुरालाई आत्मसाथ गर्दै स्थानीय स्तरमा जनतालाई सूचना, जागरण र चेतनाका साथै स्वस्थ मनोरञ्जन दिने उद्देश्यले रेडियो हाम्रो पहुँच ८९ मेगाहर्ज सञ्चालन भईरहेको छ । हामी विशुद्ध सामुहिक तथा सामाजिक भावनाका साथै सहकारी मुल्य, मान्यता र सिद्धान्त अनुसार परिचालीत भईरहेका छौ । नाफा मुखी नभएर समाजिक उत्तरदायित्व वहन गर्नु हाम्रो प्रमुख उद्देश्य हो ।
रेडियो हाम्रो पहुँचको संक्षिप्त परिचय
        सामाजिक रुपान्तरणका लागी रेडियो हाम्रो पहँुच ८९ मेगाहर्ज एक सामुदायिक रेडियो हो । रेडियो हाम्रो पहुँचको संचालिक संस्थामा हाल सम्म २५० जना भन्दा बढि शेयर सदस्यहरु रहेका छन । सहकारी ऐन र नियम अनुसार प्रत्येक शेयर सदस्यको संस्था भित्र समान अधिकार र दायित्व रहेको हुन्छ । २५० जना सदस्यहरुको संस्थामा हित र उन्नतीका लागी सामुहिक प्रयत्न हुने हुदा यो वास्तवमै सामुदायिक अवधारण अनुसार चलिरहेको छ । रेडियो हाम्रो पहुँच र पुरै संस्थामा कार्यरत अधिकांश कर्मचारीहरु संस्थाकै शेयर सदस्य रहेकाले कार्यरत कर्मचारीहरुमा संस्था प्रति अवनत्वको रहेको छ । संस्थाको प्रत्येक वर्ष बार्षिक साधारण सभा हुने गर्दछ, बार्षिक साधारण सभाले तर्जुमा गरेका निति कार्यक्रम तथा वजेटको दायरा भित्र रहेर बार्षिक कार्यक्रम संचालन हुने हुदा र प्रत्येक ३ बर्षेंं अवधि पछि संचालक समितिको निर्वाचन प्रत्यक्ष चुनाव प्रणालीबाट हुने हुदा संचालक समिति पुर्णरुपमा शेयर सदस्यहरु र समुदाय प्रति जवाफदेहि हुनु पर्ने व्यवस्था रहेको छ । रेडियो हाम्रो पहुँच संचालक संस्थाले हाल सम्म सहकारी पेट्रोलपम्प परियोजना , वचत तथा ऋण परियोजना र रेडियो हाम्रो पहुँच ८९ मेगाहर्ज संचालन गरीरहेको छ र यसै बर्ष देखि सामुदायिक कृर्षि परियोजना संचालन गर्ने तयारीमा जुटेको छ । संस्थाले राजनैतिक आग्रह पुर्वाग्रहबाट माथि उठेर सत्य र तत्थ्य सूचना समुदायमा प्रसारणको क्षेत्रमा उच्च छवि हासिल गरेको छ । रेडियो हाम्रो पहुँच छोटो समय मै आफ्नो प्रभावित क्षेत्र भित्रका जनताका माझमा यसबाट प्रसारीत कार्यक्रमका कारण धेरै लोकप्रिय बन्दै गईरहेको समुदायका सदस्यहरुको भनाईबाट समेत प्रश्ट हुन्छ । जनताको मायाँ,रुचि,सर्मथन, सबै शेयर सदस्यहरुको समुहिक प्रयत्न,कार्यरत स्टापहरुको आफ्नोपनका साथ कडा परिश्रम र समुदायको माग बमोजिम चर्को लोडसेडिङ्गका वावजुद पनि रेडियो बन्द नगरीकन प्रसारण गर्नु एवं प्रभावकारी व्यवस्थापन हाम्रा सवल पक्षहरु रहेका छन ।
रेडियोको वाटक्षेमताः— ५०० वाट
रेडियोको कभरेज एरीयाः— राप्ती अञ्चल पुरै र लुम्बीनी, भेरी,,धौवलागीरी गरी १५ जिल्ला ।
रेडियोका श्रोता संख्याः– करीव १२ लाख
रेडियोको टावर क्षेमताः— १५० फिट उचाईमा ८ एन्टीना
रेडियोको फिक्यून्सीः– ८९ मेगाहर्ज
रेडियोको प्रसारण ठेगानाः– दाङ्ग जिल्ला तुलसीपुर न.पा. घोराहीरोड
हालको प्रसारण अवधीः– दैनिक १७ घण्टा
रेडियोले प्रसारण शुरु गरेको मितिः– २०६७ भाद्र ५ गते
रेडियो हाम्रो पहुँचको website www.hamropahunch.org.np

email address: hamropahunch@yahoo.com/ newsrhp@gmail.com


    रेडियो हाम्रो पहुँचबाट प्रसारित रेडियो कार्यक्रम तथा सूचनाः–
१) रेडियो हाम्रो पहुँच ८९ मेगाहर्जबाट प्रत्येक घण्टा खवर वुलेटिन, सांझ ६ः३० वजे हाम्रो पहुँच हाल खवर, विहान ६ः३० वजे खवर चौतारी, विहान ९ वजे हाम्रो पहुँच हाल खवर प्रसारण भइरहेका छन । हाम्रो पहुँच हाल खवरमा स्थानिय खवरहरुलाई मुख्य र प्रमुख खवरका रुपमा प्रसारण गरीदै आएको छ । रेडियोका दाङ्ग जिल्लाका करिव सबै गाउहरुमा सामुदयिक सम्वाददाता र प्यूठान, रोल्पा, रुकुम , सल्यान,नेपालगंज र काडमाण्डौमा सम्वाददाता रहेका छन । आफ्नै सम्वाददाताहरुबाट सम्प्रेसित  ताजा, सत्य र तत्थ्यपुर्णि खवरहरु यस रेडियोका अलग विशेषता रहेका छन ।
२) रेडियो हाम्रो पहुँचले कृषि तथा सहकारीका लागी जम्मा प्रसारण समयको ३० प्रतिशत समय छुट्टाएको छ । सो समयमा साझ ६ वजे कृषि कार्यक्रम,आईतवार विहान ९ःः३० वजे सहकारी अभियान, कृषिमा सफलताका कथा, आधुनिक कृषि प्रणाली सम्बन्धि रेडियो रिपोर्ट कृषिमा आधारित जनहितका सूचना प्रसारण भई रहेका छन ।
३) रेडियो हाम्रो पहुँचबाट कहिले वन्छ संविधान, सन्दर्भ बिषेश जस्ता राजर्नैतिक सूचनामुलक कायैक्रम र हाम्रो पहँच राउण्ड टेवुल , हाम्रो सरोकार जस्ता कार्यक्रमको माध्यमबाट स्थानिय जनसरोकारका बिषयहरुमा वहस तथा छलफलका कार्यक्रमहरु संचालन भएका छन ।
३) दाङ्ग जिल्लामा करिव ६०० भन्दा धेरै सहकारी संस्थाहरु छन, उनीहरुले वचत तथा ऋण, कृषि, उपभोक्ता, दुग्ध उत्पादन, सिपमुलक, आय आर्जनमुलक काम तथा क्रियाकलापहरु संचालन गरी रहेका छन, उनीहरुका गतीविधिहरुलाई समेटी रेडियो हाम्रो पहँुचबाट कार्यक्रम सहकारी अभियान प्रसारण भईरहेको छ । त्यसै गरी हाम्रो पहुँच हाम्रो आवाज जस्ता जनजागरमुखी कार्यक्रमहरु संचालन भएका छन ।
४) स्वास्थ्य संग संबन्धित हाम्रो स्वास्थ्य, कृषि संग संबन्धित हाम्रो कृषि, विज्ञान संबन्धि कार्यक्रम रोचक विज्ञान, पुराना पुस्ता संग संबन्धित कार्यक्रम विगत देखि वर्तमान, जिवन डायरी, हास्य व्यङ्ग कार्यक्रम खिचडी, भुल भए माफ गर्नु होला, गजव छ वा, सुरसार आदी कार्यक्रम प्रसारणमा रहेका छन ।
५) लोक भङ्गज्याङ्ग, शुभ विहानी, फिल्मी संसार, लोकसुसेली सात भङ्गज्याङ्ग, लगायतका लोक सागेंतिक कार्यक्रमहरु प्रसारणमा रहेका छन ।
६) राष्ट्रिय स्तरमै चर्चित नेपाल चौतारी, साझा सवाल, साझा नेपाल,कथा मिठो सारङ्गिको, वि.वि.सी. नेपाली सेवा, नेपालवाणी राष्ट्रिय खवर, साझा खवर लगायतका राष्ट्रिय स्तरका कार्यक्रमहरु प्रसारणमा रहेका छन ।